काठमाडौं । अफगानिस्तानको काबुलस्थित सेरेना होटलले शनिबारदेखि आफ्नो सेवा बन्द गर्दै यसको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारलाई हस्तान्तरण गरेको छ ।
सुन्दर बगैंचाको बीचमा काबुलको मध्यक्षेत्रमा निर्मित सेरेना होटल लामो समयदेखि अन्तर्राष्ट्रिय अतिथिहरूको लागि एक प्रतिष्ठित र विश्वसनीय गन्तव्यको रूपमा मानिन्छ।
सेरेना होटेलले अफगानिस्तान र त्यहाँका नागरिकका लागि करिब दुई दशकदेखि समर्पित सेवा प्रदान गरेपछि शनिबारदेखि सेवा बन्द गर्ने घोषणा गरेको हो । होटलको व्यवस्थापन अफगानिस्तानको कामचलाउ सरकारले सञ्चालन गर्ने ‘होटल स्टेट ओन्ड कर्पोरेसन’लाई हस्तान्तरण गरिनेछ ।
अन्तर्राष्ट्रिय पाहुना र देशका प्रतिनिधिमण्डलको उल्लेखनीय सङ्ख्याको आयोजना गर्न, आतिथ्य मापदण्डमा उच्च अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्न र हजारौँ स्थानीय नागरिकलाई आफ्नो सेवा अवधिभर प्रशिक्षण प्रदानलगायतका होटलले निर्वाह गरेको भूमिकालाई विज्ञप्तिमा जोड दिइएको छ । अहिलेसम्म न होटल व्यवस्थापनले न त सरकारले नै होटलको स्वामित्व हस्तान्तरणसम्बन्धी शर्त स्पष्ट पारेको छ ।