काठमाडौं । अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने सूची सार्वजनिक गरेको छ । नेशन फस्टको एजेण्डा लिएर राष्ट्रपतिको निर्वाचन जितेका डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँग अवैध आप्रवासीलाई उनीहरुलाई घर फर्काउने निर्णय गरेका थिए ।
सोही अनुसार अमेरिकाको अध्यागमन कार्यालयल पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना अवैध आप्रवासीहरुको संख्या सार्वजनिक गरिएको छ । जसमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन् ।
यसैगरी अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । यस्तै चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना पनि अमेरिकाबाट निष्कासन गर्ने अवैध आप्रवासीको सूचीमा रहेका छन् ।