Logo

नेपाली व्यवसायीका लागि नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धि तालिम, गिनिज वर्ल्ड रेकर्डर राठोरको आयोजना

नेपाली व्यवसायीका लागि नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धि तालिम, गिनिज वर्ल्ड रेकर्डर राठोरको आयोजना



काठमाडौं । डा भुपेन्द्र सिंह राठोरद्वारा नेतृत्व विकास र व्यक्तित्व अभिवृद्धि तालिम काठमाडौंमा आयोजना हुने भएको छ। माघ १८ र १९ गते प्रज्ञा प्रतिष्ठान र द सोल्टी होटलमा हुने यस कार्यक्रममा नेपाली उद्यमी, व्यवसायी, बैंक, बिमा, सहकारी, शिक्षण संस्थाका उच्च पदस्थ अधिकारीहरुलाई लक्षित गर्दै नेतृत्व विकास, व्यवस्थापकिय कौशलता, व्यवसायिक रणनीति तथा दीर्घकालीन प्रगतिको मार्गचित्र निर्माणमा सहयोग पुर्याउने उद्देश्य रहेको छ।

विश्वप्रसिद्ध प्रशिक्षक, प्रेरक वक्ता तथा तीन विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाउन सफल डा. भुपेन्द्र सिंह राठोरले प्रशिक्षण दिने यस तालिममा उद्यमशीलता, व्यवसायिक व्यवस्थापन, समूह निर्माण, निर्णय कला, बदलिँदो परिस्थितिमा व्यवसायलाई दीर्घकालीन रुपमा प्रगतिपथमा कसरी अगाडि बढाउने भन्ने विषयमा विशेष चर्चा गरिनेछ।

यो तालिमले नेपाली व्यवसायीहरुलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन, अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउन र व्यवसायमा टिकाउपन कायम गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने विश्वास गरिएको छ। विशेषगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, उद्योग, स्कूल, कलेज, विश्वविद्यालय र अन्य व्यवसायिक क्षेत्रका अध्यक्ष, संचालक तथा उच्च पदस्थ अधिकारीहरुका लागि लक्षित गरी तयार पारिएको यो कार्यक्रम उद्यमीहरुलाई प्रेरित गर्दै दीर्घकालीन योजना बनाउन सहयोग पुर्याउने छ।

नेतृत्व विकास र व्यवस्थापनमा आधारित यो तालिमले नयाँ उद्यमको शुरुवातदेखि व्यवसायमा देखा पर्ने चुनौतीहरुको सामना गर्दै तीव्रतर गतिमा प्रगति गर्ने मार्ग देखाउने उद्देश्य राखेको छ। बदलिँदो अर्थतन्त्रको प्रभावलाई सम्बोधन गर्दै व्यवसायिक रणनीतिहरुको प्रयोग तथा नयाँ सोचको विकास गर्ने विषयमा पनि प्रशिक्षण दिने योजना रहेको छ।

कार्यक्रमलाई सभ्य र भव्यरुपमा सफल बनाउन आयोजकहरुले विभिन्न क्षेत्रका संघ संस्था, व्यवसायिक संघ, सरकारी निकाय तथा सहकारी संस्थाहरुलाई सहयोगका लागि आग्रह गरेका छन्। समग्रमा, नेपाली उद्यमशीलता तथा व्यवसाय क्षेत्रलाई दिगो विकासतर्फ अघि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको यो तालिम सम्पूर्ण उद्यमी, व्यवसायी र पेशाकर्मीका लागि अत्यन्त लाभदायक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This