Logo

सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसद्मा प्रस्तुत गरिने, २२ गते निर्णयार्थ पेश हुने

सरकारले ल्याएका सबै अध्यादेश माघ १८ मा संसद्मा प्रस्तुत गरिने, २२ गते निर्णयार्थ पेश हुने



काठमाडौं । प्रतिनिधि सभाको यस महिनाभरी बस्ने बैठकको संसदीय क्यालेन्डर तय भएको छ । आज बसेको प्रमुख दलका प्रमुख सचेतक र सभामुख देवराज घिमिरेबीचको छलफलमा यस महिनाभरी बस्ने संसदीय समिति र सदनको बैठकको दिन टुंगो लगाईएको हो ।

माघ १८ गतेबाट सुरु हुने बैठक ३० माघसम्म ७ दिन बस्ने भएको छ । पहिलो बैठक १८ गते बसेपछि २२ गते अर्को बैठक बस्नेछ । सो बैठकमा हालै सरकारले ल्याएका ५ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनेछ ।

माघ २३ र २४ गते पनि सदन बस्ने तय भएको छ । यसैगरी, माघ २५, २६ र २७ गते समितिको बैठक राखिने छ । माघ २८, २९ र ३० गते पनि सदन बस्ने तय भएको छ ।

यसैबीच संसद्को पहिलो दिन सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् । आज बसेको सभामुख देवराज घिमिरे र दलका सचेतकबीचको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै शीर्ष नेताले सम्बोधन गर्ने सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This