काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बोलाएका छन्। बैठकमा माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयकहरू, र सरकारका हालका काम कारबाहीबारे छलफल हुने बताइएको छ।
सत्तापक्षमा सहभागी दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ९जसपा०, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, र जनमत पार्टी रहेका छन्।