Logo

चिनियाँ नेताले गरे चन्द्रागिरीको भ्रमण, भन्छन्, ‘यो आर्थिक विकासको कोशेढुङ्गा हो’

चिनियाँ नेताले गरे चन्द्रागिरीको भ्रमण, भन्छन्, ‘यो आर्थिक विकासको कोशेढुङ्गा हो’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्ग लियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको सो टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फाग जुनलगायत २ दर्जनभन्दा बढी चिनियाँ विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको चन्द्रागिरी हिल्सले जानकारी दिएको छ ।

अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई हिल्सका अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने जानकारी दिए ।

भ्रमणको क्रममा चीले चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु प्रभावित भएको र यस्तै खालका अन्य परियोजना बनेमा नेपालको आर्थिक विकासले चाडै तिव्रता पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्