Logo

माछापुच्छ्रे बैंकको नाफा ८० करोड ७३ लाख, यस्तो छ प्रतिसेयर आम्दानी

माछापुच्छ्रे बैंकको नाफा ८० करोड ७३ लाख, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ०.२४ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी आम्दानी २ अर्ब ६३ करोडबाट बढेर २ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज २३ करोड ८५ लाखबाट घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ ।

११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख रुपैयाँ देखिएको छ। समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ र एनपीएल (नेट) १.९७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This