Logo

एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति छ ?

एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा कति छ ?



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढेको छ। यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। समिक्षा अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ। बैंकको चुक्तापुँजी १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्