Logo

काठमाडौं महानगरपालिका र चीनको चेङ्दुबीच भगिनी सम्वन्ध, पर्यटन क्षेत्रको सहकार्यलाई बढावा

काठमाडौं महानगरपालिका र चीनको चेङ्दुबीच भगिनी सम्वन्ध, पर्यटन क्षेत्रको सहकार्यलाई बढावा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं, ८ पुस । काठमाडौं महानगरपालिका र चीनको चेङ्दुबीच भगिनी सम्बन्धको सम्झौता भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र चेङे्दु नगरको तर्फबाट पार्टी कमिटी सचिव ताङ लियाङचीले ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यससँगै यी नगरहरु समानता र आपसी हितका आधारमा संयुक्त प्रयत्न गर्ने छन् । दुई नगरहरु व्यापार, संस्कृति, पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य हेरचाह, सहरी योजना, संकट÷विपद् व्यवस्थापनमा केन्द्रित हुने बताइएको छ ।

सम्झौता अनुसार महत्वपूर्ण गतिविधिको जानकारी आदान प्रदान गर्ने संयन्त्रको स्थापना गर्नेछन् । एक–अर्काद्वारा गरिने अन्तरराष्ट्रिय आदान प्रदान गतिविधिहरुमा सक्रिय सहभागिता जनाउने बताइएको छ ।

त्यस्तै दुई नगरबीच संस्कृति र पर्यटन क्षेत्रको सहकार्यलाई बढावा दिने बताइएको छ । शैक्षिक सहयोगलाई थप प्रोत्साहन गर्नका लागि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अभिप्रेरित गर्न, विश्वविद्यालय र महाविद्यालयहरुबीच सहयोग सम्भावनाको खोजी गर्ने काम हुनेछ ।

चेङ्द र काठमाडौंले कृषि, स्वास्थ्य र हेरचाहको क्षेत्रमा प्रविधि हस्तान्तरण, अनुसन्धान र विकास सहयोगलाई बढावा दिने छन् ।

प्रतिक्रिया दिनुहोस्