Logo

रणनीतिक साझेदारदेखि सुरुङ मार्ग सम्झौतासम्म, जो साताभर चर्चामा रहे

रणनीतिक साझेदारदेखि सुरुङ मार्ग सम्झौतासम्म, जो साताभर चर्चामा रहे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागढुंगा टु नौविसे सुरुङमार्गको जापानसँग सम्झौताले यो साता चर्चा पायो । जसअनुसार अवको ६ बर्षपछि सुरुङमार्ग हुँदै नागढुंगादेखि नौबिसेसम्म यात्रा र्गा पाइने भएको छ । साढे २ किलोमिटर उक्त सुरुङमार्ग निर्माणका लागि आजैमात्र जापान सरकारसँग सहुलियत ऋण सम्झौता भएको छ । उक्त सुरुङ निर्माणसँगै घण्टौं जाममा वस्नुपर्ने उक्त सडकखण्ड छोटो अवधिमै पार गर्न किनेछ ।

त्यस्तै अरुण कावेली पावरको सेयर बाडँफाँडलाई बिजनेस समाचार प्रकाशन प्रसारण गर्ने मिडियाले महत्व दिए । अरुण कावेलीको ३० लाख कित्ता साधारण सेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले ५० औं बर्ष गाँठको अवसरमा हुलाक टिकट प्रकाशन गरेको समाचार पनि यो साता बाहिर आयो ।

लोडसेडिङ घटाउने कार्यमा असहयोग गरेको भन्दै ३ सञ्चालकको वर्खास्त यो साताको हट न्यूज बन्यो । उर्जा मन्त्रालयले लोडसेडिङ घटाउने काममा अवरोध गरेको भन्दै लक्ष्मणप्रसाद अग्रवाल,सुरज लामिछाने र मनोजकुमार मिश्रलाई अर्खास्त गरेको हो । उनीहरुको ठाउँमा रुकुमका भक्तबहादुर पुन, बाजुराका चेतराज जोशी र सुर्खेतका उमेश थानी नियुक्त भएका थिए ।

यो साता चन्द्रागिरी केवलकारको छुटको समाचारले पनि विशेष स्थान पायो । चन्द्रागिरी हिल्सले सातामा ४ दिन ५० प्रतिशत छुट गरेको हो ।

त्यस्तै नेपाल टेलिकमले रणनितीक् साझेदार भित्र्याउनका लागि परामर्शदातासँग सम्झौता गरेको छ । टेलिकमले सोका लागि एनलाइसिस मसोन लिमिटेड युकसँग सम्झौता गरेको इस्युले विशेष प्राथमिकता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्