Logo

देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, कहाँ–कहाँ छ आज वर्षा र हिमपातको सम्भावना ?

देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव, कहाँ–कहाँ छ आज वर्षा र हिमपातको सम्भावना ?



काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै भू–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ ।

आज (आइतबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै, बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्