Logo

आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्रालाई मातृ शोक, शुक्रबारनै आर्यघाटमा दाहसस्कार

आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्रालाई मातृ शोक, शुक्रबारनै आर्यघाटमा दाहसस्कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमएस ग्रूपका अध्यक्ष दिपक मलहोत्राको ममतामयी आमा रामकुमारी मलहोत्राको आज निधन भएको छ । क्यान्सर रोगबाट पिडित उनको आज अपराह्न सवा ४ बजे निधन भएको उनका नाती दिकेश मलहोत्राले जानकारी दिए ।

विगत केही समययता उनको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । ८६ वर्षीय मलहोत्राको उपचारको क्रममा क्यान्सर अस्पताल हरिसिद्धीमा निधन भएको हो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । मृतक मलहोत्राको एक छोरा र ३ जान छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL