काठमाडौं । नेपाली बजारमा बिहीबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै १८ सय ८० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला १८ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।