Logo

प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास

प्रधानमन्त्रीबाट पाँचतारे होटल मर्क्योर उद्घाटन, नेपालको पर्यटन उद्योगलाई योगदान दिने विश्वास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित पाँचतारे होटल मर्क्योर उद्घाटन गरेका छन् । होटल विश्व प्रसिद्ध चेन ब्राण्ड मर्क्योरले आजैदेखि संचालनमा ल्याएको छ ।

होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्योर होटेल सञ्चालनमा आएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) को एकल लगानीमा होटल तयार भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटक नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरेका थिए । होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रर्वद्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने उनले जनाए ।

पाँच रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त होटल ११ तलाको छ । जसको दोस्रो तलामा बैंक्वेट हल छ भने १० औं तलामा जिम हल रहेको छ । उक्त होटलमा १०४ वटा आरामदायी कोठा रहेका छन् । एसियासँगै युरोप, अमेरिका, अस्ट्रेलिया, चीनलगायत मुलुकमा चर्चित ब्रान्डका रुपमा स्थापित मर्क्योरको नेपाल प्रवेशले समग्र पर्यटन तथा हस्पिटालिटी उद्योगमै टेवा पुर्याउने बस्नेतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्