Logo

रेलमार्ग निर्माणका लागि डिपिआर तयार गर्न निर्देशन,‘माइनिङ वे मटेरियलबारे सम्भाव्यता अध्ययन गर’

रेलमार्ग निर्माणका लागि डिपिआर तयार गर्न निर्देशन,‘माइनिङ वे मटेरियलबारे सम्भाव्यता अध्ययन गर’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रसुवागढी, काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न विकास समितिले निर्देशन दिएको छ । बिहीवार बसेको समितिले मेची–महाकाली,काठमाडौँ–पोखरा विद्युतीय रेलमार्ग निर्माण गर्ने कार्यद्रुत गतिमा अगाडि बढाउन तथा विश्वका अन्य देशहरुसँगको व्यापारिक पहूँच बढाउन रेलवे यातायातको क्रस बोर्डर कनेक्टीभीटी अभिवृद्धि गर्न तथा देश भित्र हाई स्पिड रेल्वे यातायातको संजाल विस्तार गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तथा सडक विभागलाई निर्देश गरेको हो ।

नेपालको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम जोड्ने रेलमार्गको निर्माणबाटमात्र देशको आर्थिक विकास तथा समृद्धिको आधार निर्माण हुने भन्दै निर्देशन दिइएको हो ।

जनकपुर जयनगर रेल्वे निर्माण गर्ने कार्य यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याउन र वर्दिबास–सिमरा रेलमार्गको ट्रयाक बेडको निर्माण सम्पन्न गरी ट्रयाक विछ्याउने कार्य आरम्भ गर्न समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले उपत्यकाको सवारी चाप तथा सवारी जामलाई व्यवस्थित गर्न तथा उपत्यकाको सवारी आबागमनलाई पार्न मेट्रो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी मेट्रो रेल सेवा निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्य आरम्भ गर्न निर्देशन दिएको छ ।

त्यस्तै काठमाडौंवाट नजिकको नाका विरगंज जोड्ने काठमाडौं विरगंज रेल मार्गको निर्माणको सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ ।

विकास निर्माणको लागि आवश्यक निर्माण सामाग्री रिभर बेस मटेरियलमा अतिनिर्भर भएको हुदा निर्माण सामाग्रीको अभावमा समयमै आयोजना सम्पन्न नहुने भएकोले अव माइनिङ वे मटेरियलमा जान सम्भाव्यता अध्ययन गर्न समिति नेपाल सरकार, भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।

जनकपुर जयनगर रेल मार्ग निर्माणको प्रगतिको समितिबाट अनुगमनमा जानाको लागि आवश्यक व्यवस्था मिलाउन समिति भौतिक मन्त्रालय र तथा रेल विभागलाई निर्दिष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्