Logo

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, भद्रकालीको हिरासतमा राखिने

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत, भद्रकालीको हिरासतमा राखिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आज (आइतबार) बयान भए पनि थुनछेक बहस नभएकाले उनलाई हिरासतमा पठाइएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ । प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए । आइतबार बयान सकेपनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएन । लामिछानेले आफू अदालत हाजिर भएकाले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए । उनका वकिलहरूले पनि वकिल वा परिवारको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । रास्वपा सभापति लामिछानेलाई सूर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्