Logo

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि वितरण

साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश घोषणा, साधारणसभाले पारित गरेपछि वितरण



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्