Logo

अर्थ समितिको बैठक बस्दैँ, भन्सारसम्बन्धी विधेयकबारे सरोकारवाला र विज्ञहरुसँग छलफल हुने

अर्थ समितिको बैठक बस्दैँ, भन्सारसम्बन्धी विधेयकबारे सरोकारवाला र विज्ञहरुसँग छलफल हुने



काठमाडौं । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछन् ।

जसअनुसार अर्थ समिति बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । सो बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल हुने समितिले जनाएको छ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ । जसका लागि अपरान्ह १२ः१५ बजे बैठक बोलाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । समितिका अनुसार सो बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्