काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से) ६.३८ अंकले बढेर २६५३.३८ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५५ लाख २ हजार ७५१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा छ उपसूचक हरियाली भएको छ ।
बुधबारसबैभन्दा बढी न्यादी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड ५३ लाख ४९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिन्धु विकास बैंकको १९ करोड ७७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सुपरमादी हाइड्रोपावरको १८ करोड ५९ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख ९० हजार रुपैयाँ, जानकी फाइनान्स कम्पनीको १४ करोड ७४ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।