Logo

भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान

भारतको जीडीपी पछिल्लो चार बर्षकै कम, ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान



काठमाडौँ । भारत सरकारले आर्थिक वर्ष २०२४-२५ को कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुमान ६.४ प्रतिशत कायम गरेको छ । तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको आँकडामा जीडीपीको अनुमान सार्बजनिक गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका हुन् ।

अघिल्लो वर्ष अर्थात् २०२३-२४ मा भारतको जीडीपी ८.२ प्रतिशत थियो । यसपटक उत्पादन तथा लगानी वृद्धिमा आएको गिरावटका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि अनुमान घटेको हो ।

भारतको जीडीपी आर्थिक वर्ष २०२२ मा ९.७ प्रतिशत, आर्थिक वर्ष २३ मा ७ प्रतिशत र आर्थिक वर्ष २४ मा ८.२ प्रतिशत रहेको थियो । यसको अर्थ, विगत ४ वर्षमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ७ प्रतिशत वा सोभन्दा माथि गएको भएपनि चार बर्षमा पहिलो पटक यो ७ प्रतिशतभन्दा कम हुन सक्ने सरकारको अनुमान रहेको छ ।

सुस्त जीडीपी वृद्धिको बावजुद, भारत अझै पनि प्रमुख अर्थतन्त्रहरू मध्ये सबैभन्दा द्रुत बृद्धि हुने अर्थव्यवस्था बनेको छ। आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिक सुस्त भएता पनि, कृषि र औद्योगिक गतिविधि र ग्रामीण मागमा भएको वृद्धिका कारण दोस्रो आधामा पनि वृद्धिदर कायम रहने मन्त्रालयको अनुमान छ ।

यस आर्थिक वर्षको जुलाई-सेप्टेम्बर त्रैमासिकमा चीनको जीडीपी वृद्धि ४.६ प्रतिशत थियो । जबकि जापानको जीडीपी ०.९ प्रतिशतको दरले बढेको छ। जबकि भारतका लागि रिजर्व बैंकले ६.६ प्रतिशतको वृद्धि अनुमान गरेको थियो ।

जीडीपी अर्थतन्त्रको स्वास्थ्य ट्र्याक गर्न प्रयोग गरिने सबैभन्दा सामान्य सूचकहरू मध्ये एक हो । जीडीपी एक निश्चित समय अवधि मा एक देश भित्र उत्पादन सबै वस्तुहरु र सेवाहरुको मूल्यको प्रतिनिधित्व गर्दछ ।

प्रतिक्रिया दिनुहोस्