Logo

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको मूल्य बढ्याे

सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको मूल्य बढ्याे



काठमाडौं । नेपाली बजारमा पछिल्लो ३ दिनदेखि सुन स्थिर मुल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आईतबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको सुन हिजो सोमबार र आज पनि सोही मूल्यमै कारोबार भईरहेको हो ।

यता चाँदीको मूल्य भने २ दिनको स्थिरतापछि मंगलबार केहि उकालो लागेको छ । महासंघका अनुसार यसअघि सोमबार प्रतितोला २० रुपैयाँले बढ्दै १८ सय ३० रुपैयाँमा उक्लेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्