काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुश गरिएको छ। काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भू–भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।
बिहान ६ : ५० बजे आसपास महशुश गरिएको भूकम्प तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको र ७.१ रेक्टर स्केलको रहेको प्रारम्भिक रिपोर्ट साजर्वजनिक भएको छ ।
भूकम्पको धक्का महसुस भएपछि काठमाडौं लगायतका स्थानका सर्वसाधारण घरबाहिर निस्किएका थिए । उक्त भूकम्पले चीन, नेपाल, भारत, भुटान र बंगलादेशमा समेत धक्का महसुस भएको छ ।