Logo

सेयर बजारमा ४९ अंकको उछाल, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा ४९ अंकको उछाल, कारोबार रकम पनि बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा साताको दोस्रो कारोबार दिन दोहोरो अंकले वृद्धि भएको छ । सोमबार बजार ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।

सोमबार बजारमा दोहोरो अंकले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सुपरमादी हाइड्रोपावरको ९.७० प्रतिशत, सहास उर्जाको ८.७१ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.५९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्