Logo

अहिलेको सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

अहिलेको सरकारले हल्ला होइन, काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहित गठबन्धनको विकल्प नभएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । दुई दलबीचको यो गठबन्धन सहमतिअनुसार नै २०८४ को निर्वाचनसम्म कायम रहने पनि उनले बताए ।

उप प्रधानमन्त्री सिंहले सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको दाबी गरे । ‘सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुन्छ,’ उनले भने । आउने निर्वाचनमा कांग्रेस र एमालेबिच नै प्रतिस्पर्धा हुने कुरा पनि दुवै पार्टीलाई थाहा भएको उनले बताए ।

‘परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौँ’’, उपप्रधानमन्त्री सिंहले भने, ‘उप्रधानमन्त्री सिंहले भने, ‘यो भन्दा अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’ उनले यो सरकारले हल्ला नभई काम गरिरहेको दावी गरे ।

यस्तै संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको उपप्रधानमन्त्री सिंहले बताए । जनचाहनाअनुसार आर्थिक समृद्धि र विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्