Logo

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा

सुन ओसारपसार अभियोगमा २६ करोड मागदाबीसहित नौं जनाविरुद्ध मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पाँच भारतीयसहित नौं जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २६ करोड रुपैयाँ बराबर मागदाबीसहित दुई मुद्दा दायर गरिएको हो ।

विभागले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा ओसारपासार गरिरहेको अवस्थामा सुन बरामद गरेको थियो । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरी प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान कार्यालय बारा पथलैयाले मुद्दा दायर गरेको हो ।

अनुसन्धान विभागको अनुमतिअनुसार पथलैयाले उच्च अदालत पाटनअन्तर्गतको हेटौंडा इजलासमार्फत उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागकी प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले सार्वजनिक गरेको सूचना अनुसार ८ किलोभन्दा बढी (८२४३.९७० ग्राम) सुन मकवानपुर प्रहरीले बरामद गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्