काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा उक्लिएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढ्दै १८ सय १० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ९० रुपैयाँमा कारोबार भईरहेको थियो ।