Logo

सुनको मूल्यमा ५ सयको बढोत्तरी, चाँदीको मूल्य पनि वृद्धि

सुनको मूल्यमा ५ सयको बढोत्तरी, चाँदीको मूल्य पनि वृद्धि



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ५१ हजार ५ सय पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै १७ सय ९० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्