Logo

नेप्सेका सीईओ भन्छन्-ब्रोकर लिमिटमा अनावश्यक हल्ला फैलाईयो, घटाउने होइन बढाउने तयारी भैरहेको छ

नेप्सेका सीईओ भन्छन्-ब्रोकर लिमिटमा अनावश्यक हल्ला फैलाईयो, घटाउने होइन बढाउने तयारी भैरहेको छ



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर कार्कीले ब्रोकर लिमिट हटाउने सम्बन्धमा कुनै तयारी नभएको बताएका छन् । पछिल्लो समय नेप्सेले ब्रोकर लिमिट घटाउन लागेको भनी बजारमा अनावश्यक हल्ला आएको भन्दै अहिले नेप्सेले ब्रोकर लिमिट घटाउने विषयमा कुनै कार्य नगरेको स्पष्ट पारेका छन् ।

‘अहिले बजारमा ब्रोकर लिमिट हटाउने भन्दै जुन हल्ला फैल्याइएको छ त्यो स्वार्थ समुहले गरेको एकदमै झुटको खेती वा लगानीकर्तामाथि छरिएको भ्रम हो,’ बिजखबरसँगको कुराकानीमा उनले भने, ‘नेप्सेले बजारको दायरा खुम्च्याउने होइन, बजारको विकास र विस्तार गर्ने काम गर्छ ।’ तसर्थ ब्रोकरले पाएको सुविधामा नेप्सेले कुनै कटौती उनले स्पष्ट पारे ।

अहिले ब्रोकरहरुले नेप्सेबाट आफ्नो धरौटी रकमको २५ गुणासम्म लिमिट पाउँदै आएका छन् । अहिले बजारमा नेप्सेले उक्त लिमिटलाई ५० प्रतिशत घटाउनेदेखि शुन्य नै बनाउन लागेको हल्ला आएको छ । तर, नेप्सेका सीईओ कार्कीले भने ब्रोकर लिमिट घटाउने नभई बढाउन विषयमा भने केही छलफल भएको बिजखबरलाई जानकारी दिए ।

‘हाम्रो काम बजारलाई पादरर्शी र मर्यादित बनाउँदै दिगो विकासमा लैजान सहजीकरण गरिदिने हो,’ उनले भने, ‘तसर्थ अहिले नेप्सेले ब्रोकर लिमिट घटाउन लाग्यो भनेर बजारमा जुन हल्ला फैल्याईएको छ त्यसको कुनै सत्यता छैन ।’ साथै उनले अहिलेको भ्रमबाट मुक्त भएर लगानीकर्तालाई ढुक्कसँग कारोबार गर्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This