Logo

बैतडी केन्द्रबिन्दु बनाएर बिहानै ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

बैतडी केन्द्रबिन्दु बनाएर बिहानै ४.६ म्याग्निच्युडको भूकम्पको धक्का



काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज (मंगलबार) बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको थप विवरण आइसकेको छैन । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । पछिल्लो समय नेपालका पश्चिमी जिल्लाहरुमा लगातारजसो भूकम्पका धक्का गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्