Logo

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न, बजारलाई चलायमान बनाउने निष्कर्ष

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारण सभा सम्पन्न, बजारलाई चलायमान बनाउने निष्कर्ष



काठमाडौँ । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । विज्ञापनदाता, मिडिया, नियामक निकाय, विज्ञापन एजेन्सीहरू लगायत विज्ञापन चक्रका सम्बद्ध पक्षहरूलाई समेटेर दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा–छुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक बर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणहरू बहुमतले पारित गरी नियमकिय प्रावधान पुरा गरेको थियो । त्यसपछि आयोजित दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरू लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शिर्षकमा बृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।

विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुषाल तथा नेपाल बिज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ– आफ्नो क्षेत्रको धारणा राखेका थिए । वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा बिज्ञापन तथा समग्र मिडिया उद्योगको बर्तमान अबस्थाको चित्रण गर्नु भएको कार्यक्रमको अन्तमा विज्ञापन ब्यवसायी तथा मिडियाहरू समय सापेक्ष रुपमा परिष्कृत हुनु पर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनु पर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समुहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीति लगाएत बिज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनःविचार गर्न सम्बद्ध सबै पक्षहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष र प्रतिबद्धता सहित सो कार्यक्रम समापन भयो ।

त्यसैगरी आजको तेस्रो सत्रमा वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानलका अध्यक्ष आरके मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत आजको स्थानसम्म पुर्‍याउन गरेको योगदानको कदर गर्दै आन सम्मान गरिएको थियो ।​​​​​​

प्रतिक्रिया दिनुहोस्