Logo

हिजो ३ घण्टा बयान दिएका रवि लामिछानेको आजपनि बयान जारी रहने

हिजो ३ घण्टा बयान दिएका रवि लामिछानेको आजपनि बयान जारी रहने



काठमाडौं । सहकारीको रकम अपचलनमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान आजपनि जारी रहने भएको छ ।

लामिछानेसँग बिहिबार न्यायाधीश नितिज राईले ३ घण्टा बयान लिएका थिए । बुधबारदेखि सुरु भएको लीला पछाईको बयान विहिबार सकिएपछि लामिछानेको बयान सुरु गरिएको हो । न्यायाधीश राईसँग लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको बयान दिएका छन् ।

उनले अभियोगपत्रमा भनेजस्तो कुनै पनि कसूरमा आफ्नो संलग्नता नरहेको अदालत सामु बयान दिएका छन् । अदाललते प्रहरीको अनुसन्धान रिपोर्ट र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा बयान लिइएको हो ।

सहकारी ठगी, संगठनिक अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा बयान नसकिएकाले आज पनि लिइने भएको छ ।

अहिलेसम्म गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

सरकारी वकील कार्यालयले जोशी, लामिछाने र लिला पछाईविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा दर्ता गरेको छ । सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गर्दै मुद्धा दायर गरेको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो

प्रतिक्रिया दिनुहोस्