काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज कोशी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राती आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै मधेश प्रदेशमा दिउँसोमुख्यतया सफा रहने सम्भावना रहेको छ भने राती आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
त्यसैगरी बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने राती आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने राती साधारणतया हिमाली क्षेत्रमा बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा दिउसो आंशिक बदली रहने सम्भावना रहेको छ भने राती साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशमा दिउँसो आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशममा दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा र गण्डकी प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहने छ साथै बिहानको समयमा तराई तथा उपत्यका थोरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।