Logo

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप

कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेराउ गर्दै, अनावश्यक दुःख दिएको आरोप



काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले व्यवसायीलाई अनावश्यक दुःख दिएको भन्दै पुस १४ गते महानगरको कार्यालय घेराउ गर्ने घोषणा गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक राम केवल गुप्ताले महानगरविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। उनका अनुसार, महानगर प्रहरीहरूले कवाड व्यवसायीमाथि हातपात, कुटपिट, गालीगलौज, र बेइज्जतीजस्ता कार्य गर्दै व्यवसायीलाई विस्थापित गर्ने प्रयास गरिरहेको छ।

गुप्ताले अदालतले कवाड व्यवसायीलाई स्थानान्तरण नगर्न आदेश दिए पनि महानगरले त्यसको उल्लङ्घन गर्दै व्यवसाय हटाउन दबाब दिएको आरोप लगाए।

समितिले महानगरका यस्ता कार्यप्रति विरोध जनाउँदै पुस १४ मा कार्यालय घेराउसहित थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्