Logo

लक्ष्मी इन्टरकन्टिनेन्टलले दियो जिप्रका कास्कीलाई क्यामरा, गाडीको वीण्डस्क्रीनबाट रेकर्ड

लक्ष्मी इन्टरकन्टिनेन्टलले दियो जिप्रका कास्कीलाई क्यामरा, गाडीको वीण्डस्क्रीनबाट रेकर्ड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई २५ थान क्यामरा हस्तान्तरण गरेको छ । कर्पोरेट सामाजिक उतरदायित्व अन्तर्गत क्यामरा हस्तान्तरण गरेको हो ।

हुन्डार्ई मोटर्सले आफ्नो कर्पोरेट सामाजिक उतरदायित्व अभियान ६ वटा विष ड्रिम मुभ,नेक्स्छ मुभ, इजी मुभ,ग्रिन मुभ,सेफ मुभ र ह्याप्पी मुभमा गर्दै आएको छ । सेफ मुभ अन्तर्गत अन्तर्गत हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले २५ थान ड्यास क्याम कास्कीका जिल्ला प्रहरी प्रमुख (डिआइजी) कमलसिंह बमलाई हस्तान्तरण गरे ।

सो ड्यासबोर्ड क्यामराले गाडीको वीण्डस्क्रीनबाट निरन्तर भिडियो रेकर्ड गर्न सक्नेछ । सो क्यामरा वीण्डस्क्रीनको भित्री भाग वा ड्यासबोर्डको माथिलो भागमा जडान गर्न सकिने बताइएको छ । यसले दुर्घटनाको प्रमाण दिनुका साथै ट्राफिक नियम उल्लंघन र बीमा ठगीहरु पनि नियन्त्रण गर्न सहयोग पुराउने छ ।

यसले ट्राफिक व्यवस्थापनको पनि अध्ययन गर्न सघाउने छ । यसको विशेषता भनेको यसले २४एफपीएस भिडियो १२८० ७२० पिक्सलमा मा रेकडिङ गर्छ ।

साउन्ड रेकडिङ र ६४जीवीको मेमोरी कार्ड सपोर्ट गर्नुको साथै यसले २४ घण्टा निरन्तर भिडियो रेकर्ड गर्दछ । साथै यसमा रहेको जीपीएसले गाडीको गति देखाँउदछ । यसमा वाइड एंगल लेन्स छ ।

प्रतिक्रिया दिनुहोस्