काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ। आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १७ सय ९५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ थियो ।