Logo

काठमाडौँ महानगरले माग्यो इन्टर्नमा काम गर्ने विद्यार्थी, आवेदन दिन आह्वान (सूचनासहित)

काठमाडौँ महानगरले माग्यो इन्टर्नमा काम गर्ने विद्यार्थी, आवेदन दिन आह्वान (सूचनासहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन आह्वान गरेको हो । कानुन क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने छन्।

कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका ) इच्छुक विद्यार्थीले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न महानगरले आग्रह गरेको छ । यसका लागि आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस पत्र आवश्यक पर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्