काठमाडौं । रेन्अल्टको नेपालका लागि आधिकारीक विक्रेता एडभान्स अटोमोवाइल्स प्रालीले रेन्अल्ट विन्टर सुपर कलेक्सन अफर सञ्चालनमा ल्याएको छ । यो योजना रेन्अल्टको डस्टर र केवीड लागु हुने छ । योजना डिसेम्वर १५ देखि लागु भएको हो ।
ग्राहकले सवारी फाइनान्स गर्न चाहेमा ६ दशमलव ९९ प्रतिशत व्याजदरमा गर्न सकिने छ । योजना अनुसार २ बर्षको सडक कर र सर्भिस निशुल्क गर्न सक्ने छन् ।
योजना अनुसार २७ हजार ९ सय ९९ डस्टर र केवीडमा १२ हजार ९ सय ९९ प्रति महिना किस्ता तिरेर खरिद गर्न सकिन्छ ।
त्यस्तै यी गाडीहरुमा दुई बर्षको वारेन्टी हुने बताइएको छ । त्यसैगरी ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ साट्न चाहेको अवस्थामा ३० हजार बोनस दिने । विशाल ग्रुप बैंकिङ,वीमा, जलविद्युत ,सिमेन्टलगायत व्यवसाय छ ।