Logo

अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले पाए ६२ लाखको कार, ललितले पाए बाइक

अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले पाए ६२ लाखको कार, ललितले पाए बाइक



काठमाडौँ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्कृष्ट खेलाडी हुँदै कार पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो ।

नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ । दिपेन्द्रले एनपीएलमा २२७ रन बनाएका थिए भने ९ विकेट लिएका थिए ।

जनकपुर बोल्ट्सका ललितले पाए बाइक

नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले बाइक जितेका छन् ।

राजवंशीले प्रतियोगितामा १० इनिङ्स बलिङ गर्दै ४० ओभरमा २१३ रन खर्चिएर १७ विकेट लिए । यस शानदार प्रदर्शनले जनकपुरलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

एनपिएलमा सर्वाधिक विकेट लिने खेलाडीहरूको सूचीमा उनी दोस्रो स्थानमा रहेका छन् । जनकपुरका राजवंशीसँगै सुदूरपश्चिम रोयल्सका स्कट कुग्लिनले पनि समान १७ विकेट लिएका थिए ।

सुदूरपश्चिमका जैब बने एनपीएलको उत्कृष्ट खेलाडी

सुदूरपश्चिम रोयल्सका सैफ जैब नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट खेलाडी बनेका छन् । सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका इङल्याण्डका जैबले १२ विकेट लिएका थिए भने २७५ रन पनि बनाएका थिए । जैबले फाइनल खेलमा जनकपुरविरुद्ध ४३ बलमा ६९ रन बनाएका थिए भने के विकेट समेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्