Logo

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, जित्यो ट्रफीसहित एक करोड १० लाख पुरस्कार

जनकपुर बोल्ट्सले जित्यो एनपीएलको पहिलो उपाधि, जित्यो ट्रफीसहित एक करोड १० लाख पुरस्कार



काठमाडौँ । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि लाहिरु मिलान्थाले सर्बाधिक ८७ रन बनाएका थिए । त्यस्तै कप्तान असिफ सेखले ३३ रन बनाए भने हर्ष ठाकेरले ३० रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि सैफ जैबले सर्बाधिक ६९ रन बनाएका थिए भने बिनोद भण्डारीले ४१ रन बनाएका थिए । त्यस्तै ब्राण्डन म्याकुलन र हर्मीत सिंहले १४-१४ रन बनाएका थिए भने स्कट कुगेलेइजिनले १३ रन बनाएका थिए ।

त्यस्तै जनकपुर बोल्ट्सका बलर किशोर महतो र मोहमद मोशिनले ३-३ विकेट लिएका थिए भने जेम्स निशाम र ललित राजबंशीले १-१ विकेट लिएका थिए ।

उपाधि जितेसँगै जनकपुर बोल्ट्सले एक करोड १० लाख पुरस्कार राशी जितेको छ भने उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाएको छ ।

प्रतिक्रिया दिनुहोस्