Logo

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, फाइनल खेल शनिबार

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, फाइनल खेल शनिबार



काठमाडौँ । कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

आज (बिहीबार) को दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीलाई २ विकेटले हराएको हो । कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले १७ बलमा ४५ रन बनाए । कर्णालीका विपिन शर्माले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो । कर्णालीका गुल्सन झाले २५, देव खनालले २४ रन बनाए । जनकपुरका ललित राजवंशी, जेम्स नीशम र मोहम्मद मोहसिनले २/२ विकेट लिए ।

अब जनकपुरले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा हिजो जनकपुरलाई हराउँदै फाइनलमा पुगेको थियो । हिजोको खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे मौका पाएको हो । हिजै भएको इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको थियो । प्रतियोगिताको फाइनल खेल पर्सी (शनिबार) हुनेछ ।

प्रतिक्रिया दिनुहोस्