Logo

नेपालको कूल राष्ट्रिय आय अझै कमजोर, २०२४ सम्म अतिकम राष्ट्रको सूचिबाट हट्ने प्रक्षेपण

नेपालको कूल राष्ट्रिय आय अझै कमजोर, २०२४ सम्म अतिकम राष्ट्रको सूचिबाट हट्ने प्रक्षेपण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल २०२४ सम्ममा अतिकम विकशित राष्ट्रको सूचीबाट हट्ने प्रक्षेपण गरिएको छ । युनाइटेड नेशनल कन्फरेन्स अन ट्रेड एण्ड डेभलपमेन्टले शुक्रवार सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख छ ।

इस्तानबुल प्रोग्राम अफ एक्सन (आइपीओए)ले ४८मध्ये नेपाललगायत आधालाई अति कम विकशित राष्ट्रको सूचिबाट २०२० सम्म हटाउने लक्ष्य राखेको थियो ।

तर नेपालको ग्रस नेशनल इनकम (कुल राष्ट्रिय आय) अझै कमजोर भएकोले २०२० सम्म अतिकम विकशित राष्ट्रको सूचिबाट हट्न गाह्रो भएको हो । नेपालको मानविय स्रोत र आर्थिक असुरक्षाको सूचांक भने बलियो भएको युएनडिपी नेपालका वरिष्ठ अर्थविद बासुदेव गुहाले बताए ।

त्यस्तै नेपालका लागि अन्तरराष्ट्रिय सर्मथन ( इन्टरनेशनल सपोर्ट मेजर) उपयोगी छैन । नेपालको व्यापार क्षमता बृद्धि गर्नु आवश्यक छ । नेपाल भारत तथा चीनको आयातमा भर परेकोले यो उपयोगी हुदैछन । गुहाका अनुसार आर्थिक रुपमा कसरी देश विकास भयो भन्ने कहिले भयो भन्ने भन्दा महत्तवपूर्ण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्