काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेलले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक पोखरेलले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।
उनले गतहप्ता मात्रै बोर्डसमक्ष आफ्नो राजीनामा दिएका हुन् । बोर्डका अनुसार पोखेरेलले शुक्रबार पदबाट राजिनामा दिएका हुन् । साथै उनी आजै (सोमबार) देखि कार्यालय आउन छाडेका छन् ।
उनले कार्यकारी निर्देशकको भुमिकामा आफ्नो लामो समय बाँकी रहेपनि घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएको उक्त स्रोतले जानकारी दिएको छ । बोर्डको कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुनेछ । तर उनी कार्यकारी निर्देशक भएको २ वर्षमात्रै पुगेको छ ।