काठमाडौं । नेपाल पत्रकार महासंघको अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जस अनुसार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शर्माले ४ हजार २८२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २०३ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २३० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८८६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७०५ मत प्राप्त गरी विजयी भए भने गंगा पौडेल बरालले २ हजार ६४४ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले ४ हजार २९२ मत प्राप्त गरी विजयी भए भने उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले २ हजार ८० मत प्राप्त गरेका थिए ।
त्यस्तै महासचिवमा रामप्रसाद दाहालले ४ हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार ९२९ मत प्राप्त गरे । सचिव खुलामा रमेश खतिवडाले ३ हजार ४०० मत प्राप्त गरी जित हात पारे । सचिव महिलामा सोनी शर्माले चार हजार ३४७ मत प्राप्त गरी विजयी भइन् । त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासनले तीन हजार ५३५, सचिव मधेशीमा अशोककुमार तिवारीले तीन हजार ८५८ मत प्राप्त गरी विजयी भए । सचिव दलिततर्फ प्रकाश धौलाकोटीले ४ हजार ११०, सचिव एसोसिएटतर्फ बैकुण्ठराज पराजुलीले ३ हजार ६४५ मत प्राप्त गरी जित हासिल गरेका छन् । त्यस्तै कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले ३ हजार ८४७ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यसैगरी कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले ५२७ र शंकर खरेलले ४४२, मधेश प्रदेश सदस्यमा राजु विश्वकर्माले २९७ र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै बागमती (उपत्यका बाहेकका) केन्द्रीय सदस्यमा नवराज पथिकले ३६८ र नारायणप्रसाद अधिकारीले ४५० मत प्राप्त गरी विजयी भए । त्यस्तै गण्डकी प्रदेश सदस्यमा कृष्ण केसीले ३३०, केवी रानाले ३८१ तथा लुम्बिनी प्रदेश सदस्यमा रामराज पोखरेलले ५६० र विकास बन्जाडेले ४७३ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै कर्णाली प्रदेश सदस्यमा तुलाराम पाण्डेले २८८ र नगेन्द्रप्रसाद उपाध्यायले ३२१ मत प्राप्त गरी विजयी भए । सुदूरपश्चिम प्रदेश सदस्यमा योगेन्द्रबहादुर बलायरले ३९७ र सुरेश पन्तले ३०० मत प्राप्त गरी विजयी भए । उपत्यका प्रदेश सदस्यमा अर्जुन पन्तले ४५९ र सूर्य सुवेदीले ६६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिष्ठान प्रदेशतर्फ वीरेन्द्र ओलीले ४०० र सविता शर्माले ४८७ मत प्राप्त गरी विजयी भएका छन् भने संस्थागत प्रदेश (एशोसिएट) तर्फ पवित्रा मुडभरीले २०९ र मनुका कुँवरले ३०१ मत प्राप्त गरी विजयी भएका छन् ।
खुला सदस्यमा छविलाल तिवारीले ३ हजार ४७०, भूपेन्द्र आचार्यले ३ हजार ५८२, मुकुन्दप्रसाद भण्डारीले ३ हजार ७२१, रामेश्वर कार्कीले ३ हजार ६३० र लवदेव ढुंगानाले ३ हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
मधेशी महिलातर्फ रुवीकुमारी रौनियारले ४ हजार १८५, आदिवासी जनजाति महिलातर्फ माला पालुङ्वाले ३ हजार ७३७, खस आर्य महिलामा लीला शाह योगीले ३ हजार ८१० मत प्राप्त गर्दा दलित महिलातर्फ भने यसअघि नै रीता बुढाथोकी निर्विरोध निर्वाचित भएका थिए ।
दलित सदस्यमा सिकेन्द्र पासवानले ३ हजार ३१६ मत प्राप्त गरी विजयी हुँदा दलित सदस्यमा सावित्री रसाइली (निर्विरोध) निर्वाचित भएका थिए । आदिवासी जनजाति सदस्यमा भरत जर्घा मगरले ४ हजार ५० मत प्राप्त गरी विजयी भए भने आदिवासी महिला सदस्यमा देविका घर्ती मगर निर्विरोध निर्वाचित भएका थिए ।
मधेसी सदस्यमा राजकरण महतोले ३ हजार ८९३, मधेशी सदस्य महिलामा ललिताकुमारी साहले ३ हजार ४०९ मत प्राप्त गरी निर्वाचित भए । त्यस्तै अपांगता भएका सदस्यमा भूपराज बस्यालले ३ हजार ५५७, अल्पसङ्ख्यक सदस्यमा लक्ष्मण थामीले ४ हजार ३७३ मत प्राप्त गरी विजयी भएका छन् ।
लेखा समिति संयोजकमा केसी लामिछानेले ४ हजार १९४ मत प्राप्त गरी निर्वाचित हुँदा सोही समितिको सदस्य खुलामा केशवप्रसाद बोहराले ४ हजार १२५ र लेखा समिति सदस्य महिलामा रुक्मिणि पोखरेलले ४ हजार ८९ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
महासङ्घको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।