काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज विजयी भएको छ । विराटनगर किंग्सलाई एक विकेटले हराउँदै काठमाडौं विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको काठमान्डुले १८ ओभर एक बलमा नौ विकेटको क्षतिमा लक्ष्य भेटायो । जितसँगै काठमाडौंले प्लेअफमा पुग्ने अंक गणितीय सम्भावना कायमै राखेको छ ।
यो खेलको नतिजाले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजलाई भने प्लेअफमा पुर्याएको छ । सुदूरपश्चिम र कर्णाली याक्सबीचको भोलि हुने खेलको नतिजाले काठमाडौंको भाग्य निर्धारण गर्नेछ । काठमाडौं शीर्ष चारमा पुग्न सुदूरले भोलि कर्णालीलाई फराकिलो अन्तरले पराजित गर्नु पर्नेछ ।