काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको छ । १८१ रनको विजयी लक्ष्य पच्छ्याएको जनकपुरले १८ ओभरको समाप्तिमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनायो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो ।
जनकपुरका लागि जेम्स निसमले विष्फोटक ब्याटिङ गरेका थिए । उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए । उनले १८ बलमै कीर्तिमानी अर्धशतक बनाएका थिए । त्यस्तै आसिफ शेखले २३ रन, सुभ कंशकारले १५ रन र मोहम्म मोसिनले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २–२ विकेट लिए । अमर रौटेलाले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनाएको थियो । चितवनका लागि कप्तान कुशल मल्लले आक्रामक ब्याटिङ गरे । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै रवि बोपारा ४४ रन बनाए । ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।