Logo

पोखराविरुद्ध काठमाडौंको फराकिलो जित, दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुने

पोखराविरुद्ध काठमाडौंको फराकिलो जित, दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुने



काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो । काठमाडौंका लागि स्टेफेन इस्कीनजीले सर्वाधिक ६० रन बनाए । ३४ बलमा उनले १० चौका प्रहार गरे ।

त्यस्तै माइकल लेभिटले ३२ रन, भीम सार्कीले २२ रन र करण केसीले १ रन बनाए । गेहार्ड इरासम २५ रन र रासिद खान १ रनमा अविजित रहे । पोखराका लागि विपिन खत्रीले ३ र माइकल लिस्कले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमोन रेफरले ३० बलमा १ चाौका र ३ छक्कासहित ४१ रनमा अविजित रहे । ओपनर दिनेश खरेलले ३८ रन बनाए । उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । पोखराले पहिलो ओभरको चौथो बलमा ओपनर एन्ड्रिज गोउसलाई गुमायो । उनी ५ बलमा खाता नै नखोली बाहिरिए । उनलाई गेरहार्ड इरास्मसको बलमा माइकल लेभिटको हातमा क्याच भए । दोस्रो विकेट ओपनर दिनेश खरेल २४ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाउँदै पावरप्लेको अन्तिम बलमा रासिद खानबाट एलबीडब्ल्यु आउट भए ।

कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै बोल्ड आउट भ ए। चौथो विकेट आकर्षित गोमेलको गयो । पाँचौं विकेट दिलिप नाथ १५.४ ओभरमा २७ रन बनाउँदै रासिद खानबाट बोल्ड आउट भए । छैटौं र सातौं विकेट करण केसीले माइकल लिस्क र नारयण जोशीको लिए । १६.१ र १६.२ मा लगातार विकेट गएको पोखराको आठौं विकेट पनि करणले नै लिए ।

आठौं विकेटको रूपमा विपिन खत्रीको विकेट गयाे। उनले ६ बलमा ४ रन बनाए। नवौं विकेटका लागि रेमोन रेफरसँग सागर ढकालले १९ रनको साझेदारीसहित १ रनमा अविजित रहे । काठमाडौंका लागि रासिद खान र करण केसीले समान ३-३ विकेट लिए । गेरहार्ड इरास्मस र माइकल लेभिट १-१ विकेट लिए। आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्