काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घट्दै १८ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको थियो ।