Logo

एनपिएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली एक्स भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली एक्स भिड्दै



काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ । लुम्बिनी आफ्नो अन्तिम खेलमा सान्त्वना जितको खोजीमा छ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नै पर्ने हुन्छ ।

लुम्बिनीसँग पराजित भएमा भने कर्णालीको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहन्छ । ५ खेलबाट ६ अंक बनाएर चौथो स्थानमा रहेको कर्णाली ८ अंकसहित शीर्ष चारमा बलियो पकड बनाउन चाहन्छ । जारी लिगमा अहिलेसम्म लुम्बिनी मात्र लिगबाट बाहिरिएको छ । जनकपुरले अन्तिम चारमा स्थान बनाइसकेकाले बाँकी तीन स्थानका लागि ५ टोलीबीच प्रतिस्पर्धा चलिरहेको छ ।

५ खेलमा पराजित भइसकेको विराटनगरसमेत चमत्कारी नतिजासहित प्लेअफको पर्खाइमा छ । तर उसलाई बाँकी चार टोली नै पराजित भएर पनि पुग्दैन, रनरेटमा समेत बलियो सुधार आवश्यकपर्छ। यस्तो अवस्थामा रहेको विराटनगर अन्तिम चारबाट बाहिरिएको गणीतीय रुपमा घोषणा हुन मात्रै बाँकी छ । आजको खेलमा पराजित भए विराटनगरको गणीतीय सम्भावनापनि पूर्णरुपमा सकिनेछ । विराटनगरले अब दुबै खेल जित्दा पनि ६ अंक मात्रै हुन्छ । तर चितवनको अन्तिम दुई खेलअघि नै ६ अंक छ । रनरेटमा समेत अगाडि रहँदै तालिकाको शीर्ष ३ मा छ ।

प्रतिक्रिया दिनुहोस्