Logo

चालु खाता १ खर्ब ४३ अर्ब बढीले वचतमा, शोधनान्तर स्थिति पनि बलियो

चालु खाता १ खर्ब ४३ अर्ब बढीले वचतमा, शोधनान्तर स्थिति पनि बलियो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा चालु खाता १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । गत आर्थिक बर्षको यहि अवधिमा रहेको ९७ अर्ब १० करोड रहेको चालु खाता बचत यो आवमो उल्लेखनीय बढ्दै उक्त विन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले बिहीबार चालु आवको कार्तिकको मासिक प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी डलरमा चालु खाता बचत १ अर्ब ६ करोड पुगेको जानकारी दिएको छ जुन अघिल्लो वर्षको ७३ करोड ६ लाखको तुलनामा उच्च हो।

यस्तै खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोडमा पुगेको छ, गत वर्ष यो यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो। प्रत्यक्ष वैदेशिक लगानीतर्फ पनि सुधार देखिँदा चालु आवको पहिलो ४ महिनामै ५ अर्ब ७६ करोडको ईक्विटी लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६५ करोडको तुलनामा उच्च बढी हो ।

यता शोधनान्तर स्थिति चालु आवको पहिलो ४ महिनासम्म २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत आवको यहि अवधिमा १ खर्ब ५० अर्ब २४ करोड रहेको यस्तो बचत चालु आवमा बढेको हो । अमेरिकी डलरमा पनि यो बचत १ अर्ब ५३ करोड पुगेको छ, अघिल्लो वर्ष यो १ अर्ब १३ करोड थियो। यसरी शोधनान्तर स्थिति र चालु खाताले देशको वित्तीय स्थिति सुधारतर्फ उन्मुख रहेको संकेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्