Logo

चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा उल्लेख्य वृद्धि

चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीमा उल्लेख्य वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ४ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ५ खर्ब २१ अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षको यहि अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढ्दै ५ सय २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको हो ।

गत आवको सोही अवधिमा यो वृद्धिदर २२.५ प्रतिशत थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ, जुन गत आव ३ अर्ब ६० करोडभन्दा उच्च हो।

वैदेशिक रोजगारीतर्फ, अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ ला ४७ हजार ४ सय ७८ रहेको छ, जसमा अघिल्लो वर्षको १ लाख ३७ हजार ४ सय ७५ को तुलनामा वृद्धि देखिएको छ।

पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ९४ हजार १ सय ५ मा पुगेको छ, जुन अघिल्लो वर्ष ६८ हजार ८ सय ४१ थियो। यस वृद्धिले विदेशमा कार्यरत नेपाली श्रमिकको योगदान र विप्रेषणको महत्व अझै बलियो भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्